काठमाडौं- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईँको नेतृत्वमा राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा भएको प्रदर्शनले काठमाडौंको तीनकुने क्षेत्रलाई दिनभर अशान्त बनाएर राखेको छ। प्रदर्शनकारीहरूले संयमता गुमाउँदा स्थिति अझै उग्र बनेको थियो, र प्रहरीले घटनामा हस्तक्षेप गर्दा पनि प्रदर्शनकारीहरूले प्रहरीमाथि आक्रमण गरेका छन्। सुरक्षाकर्मीहरूले राखेका हतियारसमेत प्रदर्शनकारीहरूले खोस्न सफल भएका छन्,…