काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्राउ र रिहाइ प्रकरणलाई लिएर सरकारको कार्यशैलीमाथि प्रश्न उठाएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा नेकपाका प्रमुख सचेतक युवराज दुलालले जबरालाई मध्यरातमा पक्राउ गरेर १२ घण्टा नबित्दै रिहा गरिएको भन्दै आपत्ति जनाए । उनले पक्राउको आधार र कानुनी प्रक्रियामाथि प्रश्न उठाउँदै सरकारको कदमले कानुनी राज्य र…