गिवाङमा पहिरोको कहर, दुई जनाको श-व भेटियो

म्याग्दी । निरन्तरको वर्षासँगै म्याग्दीका विभिन्न स्थानमा गएको पहिरोमा परी आज तीन जनाको मृत्यु भएको छ भने दुई जनाको सकुशल उद्धार गरिएको छ। अन्नपूर्ण गाउँपालिका–५ गिवाङमा पहिरोमा पुरिएका ७५ वर्षीया सिउकुमारी गर्बुजा र ५६ वर्षीया दोमाया गर्बुजाको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले पुष्टि गरेका छन्। त्यस्तै, बेनी नगरपालिका–३ भकिम्लीको छेपारेमा पहिरोमा…