जल सतह बढेपछि कुलेखानी–सिस्नेरी सडक बन्द

हेटौँडा । कुलेखानी जलविद्युत आयोजनाको इन्द्रसरोवर जलाशयमा पानीको सतह बढेपछि हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको कुलेखानी–सिस्नेरी सडक बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै जलाशयको जल सतह निरन्तर बढिरहेकाले जुनसुकै बेला बाँधको ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने भन्दै सिस्नेरी सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको जनाएको हो। प्रशासनका अनुसार कुलेखानीको जलाधार…