बाढीले डुब्यो बैंकक, हजारौँ नागरिक विस्थापित

एजेन्सी । लगातारको भारी वर्षापछि थाइल्यान्डको राजधानी बैंककमा व्यापक बाढी आएको छ। बाढीका कारण घर तथा सडक जलमग्न हुनुका साथै हजारौँ नागरिक विस्थापित भएका छन्। बैंकक महानगर प्रशासनका अनुसार करिब ४ हजार ९ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ भने ५२ हजारभन्दा बढी घरपरिवार बाढीबाट प्रभावित भएका छन्। प्रभावित राजधानीका विभिन्न क्षेत्रमा विपद् घोषणा गरिएको…