आकस्मिक कारणले संसद्को बैठकको कार्यसूची परिवर्तन

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ । बैठकको निर्धारित कार्यसूचीमा आकस्मिक रूपमा फेरबदल गरिएको संसद् सचिवालयले जनाएको छ । सचिवालयका अनुसार पूर्वनिर्धारित कार्यसूची हटाएर संयुक्त राष्ट्रसङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रको सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि छलफल र अनुमोदन गर्ने विषय राखिएको छ । आकस्मिक कारण देखाउँदै…