भोटेकोशी बाढीपीडित बालबालिकालाई चीनको १ करोड १० लाख सहयोग

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित बालबालिकाको सहयोगका लागि चीन सरकारले नेपाललाई १ करोड १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई मन्त्रालयमा आयोजित कार्यक्रममा सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्। चिनियाँ राजदूत चाङले बाढीबाट प्रभावित बालबालिकालाई प्रत्यक्ष सहयोग पुग्ने उद्देश्यले उक्त रकम उपलब्ध…