काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले यातायात क्षेत्रमा देखिएका विकृति र चालकको सुरक्षाका विषयमा सरकार गम्भीर बन्नुपर्ने माग गरेको छ । मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा प्रमुख सचेतक युवराज दुलालले त्रिपुरेश्वरमा चालक र ट्राफिक प्रहरीबीच भएको विवादपछि बसमा आगलागी र चालक अर्जुन दोङको मृत्यु भएको घटनाबारे सरकारको ध्यानाकर्षण गराएका हुन् । दुलालले घटनाको सत्यतथ्य पत्ता लगाउन…