गंगाको भेलले ढल्यो ऐतिहासिक १७५ वर्ष पुरानो शिव मन्दिर

नयाँ दिल्ली । भारतको पश्चिम बंगालस्थित माल्दा जिल्लामा गंगा नदीको तीव्र कटानले करिब १७५ वर्ष पुरानो शिव मन्दिर गंगामै विलीन भएको छ। रातुआ क्षेत्रको मुनिरामटोला शिव मन्दिर आइतबार साँझ नदीमा खसेको हो। स्थानीयका अनुसार गत वर्षदेखि नै मन्दिर कटानको जोखिममा थियो। जोगाउन अस्थायी सुरक्षा उपाय अपनाइए पनि तीव्र कटानका कारण अन्ततः मन्दिर नै नदीमा समाहित…