भारतिय चर्चित र्यापर इमिवे बन्ताईले काठमाडौं तताउने भएका छन् । अल्फा इन्टरटेन्मेन्ट एण्ड इभेन्ट्सको आयोजनामा हुने ‘इमिवे बन्ताई लाइभ इन नेपाल’मा शुक्रबार उनले आफ्नो र्याप सुनाउने छन् । ठमेल स्थित क्लब फहरेनहाइटमा सांझ ८ बजेबाट उनको प्रस्तुति सुरु भई मध्यरातसम्म चल्नेछ । उक्त कार्यक्रममा प्रस्तुति दिन बन्ताई बिहिबार सांझ आफ्नो जम्बो टिमसहित काठमाडौं आइसकेका छन्…