रवीन्द्र र धवलशमशेरलाई २४ घण्टाभित्र रिहा नगरिए देशभर विरोधका कार्यक्रम गर्ने राप्रपाको चेतावनी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आफ्ना दुई नेताहरु उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा.धवलशमशेर जबरालाई सरकारले २४ घण्टाभित्र रिहा नगरे देशभरी विरोधका कार्यक्रम गर्ने चेतावनी दिएको छ । हिजो (शुक्रबार) काठमाडौंको. तीनकुनेमा भएको राजावादीहरुको हिंसात्मक प्रदर्शनमा रवीन्द्र र धवलशमशेर सहभागी थिए । उनीहरुलाई प्रहरीले हिजो बेलुका नै नियन्त्रणमा लिएको हो ।…