नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले पछिल्लो दशकमा आत्महत्या दर ७८ प्रतिशतले वृद्धि भएको भन्दै त्यसका कारणहरूबारे राष्ट्रिस बहस हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै महामन्त्री शर्माले मानसिक अस्वस्थता, पारिवारिक सम्बन्धको द्वन्द्व अनि व्यक्तिको आकांक्षा र परिवेशबीचको असन्तुलनलगायत कारणले आत्महत्याको दर बढ्दो रहेको दाबी गरे । ‘म भर्खरै इलाम पुगेर आएको…