एमाले स्थायी कमिटी बैठक बोलाइयो, विद्या भण्डारी पहिलोपटक वरिष्ठ नेताका रूपमा सहभागी हुने

काठमाडौँ । नेकपा एमालेले स्थायी कमिटीको बैठक बिहीबार बोलाएको छ। एमाले केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बैठक बस्ने पार्टी प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिएका छन्। पूर्वराष्ट्रपति विद्या भण्डारीलाई वरिष्ठ नेताका रूपमा मनोनयन गरेपछि बस्न लागेको यो पहिलो स्थायी कमिटी बैठक हो। त्यसैले भण्डारी वरिष्ठ नेताको हैसियतमा पहिलोपटक स्थायी कमिटी बैठकमा सहभागी हुने…