काठमाडौँ। चौधरी फाउण्डेसनले रसुवा बाढीबाट सर्वाधिक प्रभावित नुवाकोटको त्रिभुवन त्रिशुली माध्यमिक बिद्यालयलाई तत्काल सञ्चालनमा ल्याउन प्रभावकारी सहयोग गर्ने निर्णय गरेको छ । बाढीका कारण प्रभावित विद्यार्थीहरुलाई विद्यालयमा फर्काई उनीहरुको मनोवैज्ञानिक असर कम गर्न एवं अध्ययनलाई अगाडि बढाउन चौधरी फाउण्डेसनले आपत्कालीन सहयोग गर्न लागेको हो। चौधरी फाउण्डेसनले उक्त विद्यालयमा डिजिटल क्लासरूमको अवधारणाअनुसार कक्षा सञ्चालन गर्ने व्यवस्था…