काठमाडौं– अमेरिका र वेस्टइन्डिजमा जारी आइसिसी टी–२० विश्वकपअन्तर्गत आज भारत र पाकिस्तान भिड्दैछन् । समूह ए अन्तर्गत रहेका यी दुई टोली नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आमनेसामने हुन लागेका हुन् । खेल नेपाली समयअनुसार राती सवा ८ बजेबाट सुरु हुने छ । यस खेललाई टी–२० विश्वकपकै सबैभन्दा ठुलो खेल भनिएको छ । आइसिसी टि–२० विश्वकपको…