काठमाडौं - सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको फिल्म ‘वरिष्ठ बलराम’ का दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा नायक दयाहाङ राई र विजय बराललाई प्रमुख स्थान दिइएको छ। पोस्टरमा दया र विजयबीचको भिडन्तलाई देखाइएको छ। दुवै कलाकार आक्रामक रुपमै प्रस्तुत भएका छन्, जसले दर्शकलाई यसपटक उनीहरूको फरक अवतारमा देख्ने अपेक्षा बढाएको छ। फिल्ममा समृद्धि…