ओलीले देशको अहिलेको राजनीति स्थिति फेर्न

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको अहिलेको राजनीति स्थिति फेर्न देशभित्र र बाहिरका अनेक शक्ति क्रियाशील रहेको बताए। मंगलबार काठमाडौंमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूको २३ औं महाधिवेशन उद्घाटनमा बोल्दै ओलीले अहिलेको राजनीतिक परिस्थिति फेरिन सक्ने बताए। ‘हामीले तत्कालीन पाँच दलीय गठबन्धन तोडेर नयाँ सरकार बनायौं। त्यो देखेर धेरै साथीहरू प्रशन्न हुनुहुन्छ। प्रशन्न हुनु…