काठमाडौं महानगरले कक्षा ११ र १२ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने, आजबाट आवेदन खुला

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका संस्थागत विद्यालयहरूमा कक्षा ११ र १२ मा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि छात्रवृत्ति खुलाएको छ । महानगरले शैक्षिक सत्र २०८२र–८३ का लागि परीक्षा प्रणालीमार्फत छात्रवृत्ति उपलब्ध गराउने जनाएको हो । इच्छुक विद्यार्थीहरूले १८ देखि २७ असारसम्म अनलाइन आवेदन फाराम भर्न सक्ने महानगरले बुधबार सूचना जारी गरी जानकारी गराएको छ…