राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश सरकार खारेज नगरेसम्म देशको अर्थतन्त्रमा सुधार नहुने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफलको क्रममा बोल्दै उनले यस्तो बताएका हुन् । देशको अर्थतन्त्रले जनप्रतिनिधिहरुलाई तलब भत्ता खुवायन नसक्ने भन्दै संधियता खारेजीको माग राप्रपाले विगतदेखि राख्दै आएको छ ।…