काठमाडौं । काठमाडौँ महानगरपालिका–२४ मखनटोलमा बुधबार बिहान ग्यास चुहिएर लागेको आगो निभाइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार दुईवटा घरमा लागेको आगो निभाइएको हो। घटनास्थलबाट अन्दाजी ७० वर्षकी महिलाको शव निकालिएको छ। मखन टोलस्थित दयाराम श्रेष्ठको घरमा एक्कासि लागेको आगो जोडिएको घरमा समेत सल्केको थियो । प्रहरीका अनुसार ग्याँस लिक भएर आगलागी भएको हो ।…