शिक्षक आन्दोलन भड्काउन पुगेका माधव नेपाल लज्जित हुँदै फर्किए

काठमाडौं । शिक्षक आन्दोलनमा समर्थन जनाउन पुगेका एकीकृत समाजवादीका नेताहरू अपमानित भएर फर्किएका छन् । अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालसहितको टोली आन्दोलनस्थलमा पुगेर ऐक्यबद्धता जनाउन पुगेकोमा शिक्षकहरूले नाराबाजी गर्दै त्यहाँबाट फर्कन भनेपछि कालोनीलो हुँदै फर्किएका थिए । उनीहरू शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै त्यहाँ भाषण गर्ने योजनासहित पुगेका थिए । एकीकृत समाजवादीले आइतबार…