गोरखामा प्रहरीले निकाल्यो ६ दिन अघि गाडेको शव

गोरखा- गोरखामा आत्महत्यापछि दाहसंस्कार गरेर गाडिएको शव ६ दिनपछि प्रहरीले निकालेको छ । बारपाक सुलिकोट गाउँपालिका–४ भण्डारी गाउँकी ४५ वर्षीया रनमाया गुरुङको मृत्यु शंकास्पद देखिएको भन्दै प्रहरीले शव उत्खनन गरेको हो । गत साउन ४ गते रनमाया आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । उनको मृत्युपछि घरमा भेला भएका व्यक्तिलाई श्रीमान् मारज गुरुङले झुण्डिएर…