काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टी–२० विश्वकपमा नेपालको बलिङ राम्रो भएको तर फिल्डिङ र ब्याटिङमा केही कमजोरी भएको बताए । बिहीबार टी–२० विश्वकपमा सहभागी भइ स्वदेश फर्किएपछि पत्रकारसँग कुरा गर्दै उनले टिममा आत्मविश्वास भएपनि अमेरिका र वेष्टइन्डिजको मैदानको स्थितिले ब्याटिङमा धेरै राम्रो गर्न नसकेको बताए । नेदरल्यान्डस्सँगको गेममा पनि टोली आत्मविश्वास रहेको…