नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकालमा लोडसेडिङ अन्त्य, चुहावट नियन्त्रण, विद्युतीकरण र संस्थागत सुदृढीकरणमा उल्लेख्य प्रगति भएको दाबी गरेका छन् । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले यसबीचमा ९९ प्रतिशतभन्दा बढी परिवारमा विद्युत्को सुविधा पु¥याउन सफल भएको बताए । “निरन्तर घाटामा रहेको संस्था ऐतिहासिक नाफामा गयो, अर्बौं रुपैयाँ कमाउन सफल भयो…