काठमाडौं - हाल प्रदर्शनरत नेपाली चलचित्र 'महाभोज'ले सहकारी क्षेत्रमा भइरहेको ठगी र दुरुपयोगको यथार्थ चित्रण गरेको भन्दै प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले यस विषयलाई संसदमा पुनः उठाउनुपर्ने आवश्यकतामा जोड दिएका छन् । उनले मङ्गलवार साँझ काठमाडौँको सुनधारास्थित क्युएफएक्स सिनेमा हलमा चलचित्र हेरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् । शाहीले 'महाभोज'ले कुनै व्यक्तिलाई लक्षित नगरी…