काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम १५०औं आईपीयू महासभामा स्वास्थ्यसम्बन्धी समितिको सदस्यमा निर्वाचित भएकी छन्। आईपीयूको शासकीय परिषद्ले उनलाई चार वर्षका लागि अन्य १५ मुलुकका प्रतिनिधिसँगै समितिमा नियुक्त गरेको हो। महासभाको २१४औं अधिवेशनमा स्वास्थ्यसम्बन्धी सल्लाहकार समूहलाई स्तरोन्नति गर्दै समिति बनाउने निर्णयसँगै यो समिति गठन गरिएको हो। गौतमसँगै भारत, फ्रान्स, केन्या, मेक्सिको, नेदरल्यान्ड्स, स्वीट्जरल्यान्ड,…