काठमाडौं । भारतको केन्द्रशासित जम्मु कश्मीरको पहलगाममा भएको आतंककारी आक्रमणपछि दक्षिण एसियाकै राजनीतिक सिनारियो परिवर्तन हुने संकेत देखिएको छ । पहलगाम घटनालाई भारतले प्रतिष्ठाको मात्र विषय बनाएको छैन, पाकिस्तानलाई एक्ल्याउने नीतिलाई अझ तीव्र पारेको छ । ६ वर्षअघि भारतको पुलहमा आक्रमणपछि पाकिस्तानसँगको सम्बन्धमा दरार उत्पन्न भएको थियो । त्यसयता दुई देशबीच उच्चस्तरीय भेटवार्ता र भ्रमण…