काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा प्रकरणमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेपछि राजनीति एकाएक तरंगित भएको छ । अख्तियारले पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता प्रकरणमा माधव नेपालसहित पूर्वमन्त्रीद्वय प्रेमबहादुर सिंह र छविराज पन्त विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । नेपालसहित ९३…