रवि लामिछानेलाई हिरासतबाट त्रिभुवन विमानस्थल पुर्‍याइयाे

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा लैजाने तयारी गरिएको छ । उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतबाट निकालेर त्रिभुवन विमानस्थल पुर्‍याइएको छ । गय राति निवासबाटै पक्राउ परेका लामिछानेलाई प्रहरीले विमानमार्फत भैरहवा लैजान लागेको हो । गय राति उनलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाडौंकै हिरासतमा राखिएको थियो । उनलाई ८ बजेको उडानमार्फत…