काठमाडौं । सत्तारुढ एमाले र कांग्रेसको पछिल्लो कार्यशैलीप्रति कांग्रेस महामन्त्री गगन थापा असन्तुष्ट देखिएका छन् । पछिल्लो केही समयदेखि सार्वजनिक कार्यक्रममा कमै देखिने र सुनिने गगनले बहुमत छ भनेर जे पनि निर्णय गर्न नहुने बताएका छन् । प्रजातन्त्र सेनानी नन्दप्रसाद शिवाकोटी स्मारिका विमोचनमा बुधबार उनले संख्याका आधारमा गरिने निर्णय प्रजातन्त्रमा वैधानिक हुने भए पनि त्यो…